October 22, 2017

गुल्मीमा नेकपाकाे निर्वाचन विरोधी गतिविधी तीव्र

शिवलाल सुवेदी  / गुल्मी २८ चैत्र । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गुल्मी जिल्लामा चुनाव विथोल्ने गतिविधी सुरु गरेको छ ।
उक्त पार्टीले गुल्मी जिल्लाका विभिन्न गाउँपालिकाका साइन बोर्ड हटाउनुका साथै केहि कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको छ ।
निर्वाचनको बिरोध गदै गाउँ पालिकाहरुमा तालावन्दी गर्ने तथा आफ्नो पार्टीको झण्डा राख्ने कामहरुलाई तिव्र पारेको छ ।
उक्त पाटीले जिल्लाको मालिका गाउँपालिको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ ।

मदाने गाउँपालिकाको वडा कार्यालयमा ताला लगाइएको छ । साथै इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तवका अनुसार गाउँपालिकाको कार्यालय केहि नभएपनि वडा कार्यालयको बोर्ड फुटालिएको छ भने कार्यालयमा उनीहरुले ताला लगाएको जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीको जिल्ला सचिवालय सदस्य खिम खडकाले वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई प्रतिकार गर्दै आफ्नो पार्टीले गाउँ गाउँमा समानान्तर सरकार गठन गर्ने काम भैरहेको बताए ।