Breaking News

राष्ट्रपति भण्डारी पनि अब ट्वीटरमा

काठमाण्डौ, २६ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ ।

राष्ट्रपति भण्डारीले पहिलो ट्वीटमार्फत् बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको प्रशंसा गरेकी छन् । ट्वीटमा भनिएको छ, ‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !’

संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आएका छन् ।

सहजरूपमा जनतासँग संवाद गर्ने थलोका रूपमा ट्वीटरलाई लिइने गरिन्छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार नागरिकसँग प्रत्यक्षरूपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिएकी हुन् ।

shares