Breaking News

संस्कार बिनाको समृद्धि अर्थपूर्ण नहुने मन्त्री बस्नेतको भनाइ

काठमाण्डौ, २६ चैत्र । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधारलाई मात्रै समृद्धिको आधार मान्न नहुने स्पष्ट पारेका छन् ।

राजधानीको बागबजारस्थित हार्दिक होटेलमा संस्कार समाज नेपालले आयोजना गरेको ‘असल संस्कार–समृद्धिको आधार’ महा अभियानको शुभारम्भ गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन । उनले भने,‘समाज परिवर्तन बिनाको समृद्धिको अर्थ हुँदैन, समृद्धि हासिल गर्न समाज संस्कारयूक्त हुनुपर्छ, समृद्धिबिनाको विकास त होला तर त्यो विकासले समृद्धिलाई सम्बोधन गर्न सक्दैन, आयोजकले जुन अभियानको सुरुवात गरेको छ, यो निक्कै महत्वपूर्ण छ, राजनीतिक प्रणालीमा संस्कारको सबैभन्दा बढि भूमिका रहन्छ ।’

मन्त्री बस्नेतले गायक बद्री पंगेनीलाई ईंकित गर्दै भने,‘पंगेनीजीले राजनीतिक कर्मीलाई निरन्तर सुझाव दिंदै आउनु भएको छ, आफूलाई लागेका कुरा भन्नु विद्रोही स्वभाव हो, हामीले यहि संस्कारको लागि युद्ध लडेका थियौं, समाजलाई फाईदा हुने कुराहरू सबैले भन्न मिल्छ, मुलुक र जनताको लागि उहाँले त ठूलो भूमिका खेल्नु भएको छ, हामीलाई दुःख छैन् बरु कर्तव्यप्रति सजक हुने वातावरण बन्छ, आयोजक सबैभन्दा धैरै धन्यवादको पात्र हो, मेरो साथ छ काम गर्नुस् ।’

कार्यक्रमकी सभा अध्यक्ष एवम् संस्थाकी अध्यक्ष पशुपति गुरुङले नेपालमा सबै चिज भएपनि असल सस्कारको अभाव रहेको टिप्पणी गरिन् । त्यस्तै कार्यक्रममा यूवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले युवाहरूमा सकारात्मक सोच र समाजको लागि सस्कारी बन्नुपर्नेमा जोड दिएका छन् । महा अधियानमा अपाङग कोषका सदस्य सचिव यम मैनालीले संस्कारको सुरुवात आफूबाट गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, कामपाका २६ नम्बर वडाअध्यक्ष खेम तिवारी, चन्दा पाठकले आफ्ना मन्तव्य राखेका थिए ।

shares