सलमान खान जेठ १२ मा नेपाल अाउने

काठमाण्डौ, २६ चैत्र । अघिल्लो महिना स्थगित भएको सलमान खानको ‘दबंग’ नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ ।

कृष्णसार शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि पुनः नयाँ मिति तोकेका हुन् ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।

पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरूको टोली नेपाल अाउने उल्लेख गरिएको छ ।

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक कार्यक्रम आयोजना गर्ने भनिएपनि अन्तिम समयमा विप्लव समूहको धम्कीलार्इ कारण देखाउँदै उक्त कार्यक्रम स्थगित गरिएको थियो ।