Breaking News

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सिरियाली राष्ट्रपतिलार्इ ‘नरपशु’ भन्दै निन्दा

काठमाण्डौ, २६ चैत्र । युद्धग्रस्त सिरियाको होम्स शहरस्थित टेफर विमानस्थलमा मिसाइल आक्रमण हुँदा कयौंको मृत्यु भएको छ ।

होम्स शहरस्थित टी–४ एयरवेसनजिकै विस्फोटका ठूला आवाज सुनिएको र त्यहाँ मिसाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सो हमलाका कारण दर्जनौँ मानिसको ज्यान गएको बताइएको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डोमामा भएको रासायनिक आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य विमानस्थलमा पनि मिसाइल आक्रमण भएको हो ।

आक्रमणको कडा निन्दा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल राहत पुर्‍याउन अन्तराष्ट्रिय संस्थालाई अनुरोध गरेका छन् ।   हमलाको जिम्मेवार रुस र इरान भएको समेत ट्रम्पले खुलासा गरे। त्यस्तै उनले सिरियाली राष्ट्रपति बसर अल असद नरपशु भएको भन्दै कडा निन्दा गरेका छन् ।

तर रुस र सिरिया दुवैले रासायनिक हमला आफूहरुले गराएको भन्ने आरोपहरु अस्वीकार गरेका छन् । सिरियामा सात वर्ष लामो द्वन्द्वमा क्रममा कैयौँ रासायनिक हमलाहरू भएको बताइन्छ ।

shares