October 19, 2017

काठमाण्डौ महानगरपालिकामा फेरी एमाले अघि, डंगोल र बज्राचार्य निकै कमजोर देखिँदैं

काठमाण्डौ, २ जेठ । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा फेरी एमाले अगाडि देखिएको छ ।

एमालेका विद्यासुन्दर शाक्य ६ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशी रहेका छन् । जोशीले ५ सय ९३ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा विकेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा रहेका छन् । दुबैको समान २ सय ३३ मत रहेको छ ।

यो प्रतिस्पर्धामा माओवादीका सर्वाेत्तम डंगोल तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमले संयुक्त रुपमा उठाएका पवित्र बज्राचार्य निकै पछि रहेका छन् । डंगोलले ३४ मत प्राप्त गरेका छन् भने बज्राचार्यको जम्मा १८ मत रहेको छ ।