थोकर फिल्मर्स प्रा.लि.द्वारा सगरमाथा आरोहण गर्न लागेकी तामाङ्गलाई १५ लाख सहयोग

भक्तपुर, २६ चैत्र । थोकर फिल्मस् प्रा.लि.ले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ ।

रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मस् प्रा.लि.का प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रूपमा तामाङ्गलाई १५ लाख ५ हजार १ सय ५३ रुपैयाँ रकम प्रदान सहयोग गरेका हुन् ।

प्रा.लि.ले सगरमाथा आरोहणका लागि आवश्यक पर्ने रकम संकलन जुटाउनका लागि तीन महिने अभियान नै सञ्चालन गरेको प्रोपाईटर थोकरले बताए ।

आरोहण सहयोगका लागि देश विदेशमा रहेका सबै सहयोगी हातहरूलाई फिल्मस् प्रा.लि.ले धन्यवाद समेत दिएको छ । थोकर फिल्मस् प्रा.लि.ले यसअघि नै विभिन्न सामाजिक गतिविधिमा सहयोग गर्दै आइरहेको छ ।

तामाङ्गले आजबाट सगरमाथा आरोहण गर्न लागेकी हुन् ।