Breaking News

आरआर क्याम्पसले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने

काठमाण्डौ, २५ चैत्र । काठमाडौंको प्रदर्शनी मार्गमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

आरआर क्याम्पसले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १० वर्षपछि उपकुलपति राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको जनाएको हो । चैत २६ गतेबाट हुने सुरु हुने प्रतियोगितामा देशभरबाट २२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको क्याम्पसले जानकारी दिएको छ । प्रतियोगिता नकआउट प्रणालीबाट हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ३० हजार र तृतिया हुनेले २० हजार रुपैंया प्राप्त गर्नेछन् । त्युसैगरी उत्कृष्ट हुने खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ ।

shares