Breaking News

युएस बंगला एयर विमान दुर्घटनामा निधन भएकाहरूको आत्मा शान्तिको लागि पदयात्रा

काठमाण्डौ, २५ चैत्र । युएस बंगला एयर विमान दुर्घट्नामा निधन भएकाहरूको आत्मा शान्तिको लागि विभिन्न बौद्ध धर्मावालम्वी संघ-संस्थाहरूले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् ।

नमोबुद्ध घ्याङ् गुठी, महिला बौद्ध समुह काठमाडौं, थाङ्गु याङ्चेन गोङपा, सेचेङ गोङ्गा र बौद्ध दर्शन अध्ययन अध्यापन केन्द्रको संयूक्त आयोजनामा सम्पन्न हुने उक्त ‘विश्व शान्ति पद यात्रा–२०७५’ को संयोजक राज्यलक्ष्मी शाक्यले सात कुण्डको जल बोधिसत्व वृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गरिने जानकारी दिइन् ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्ने जानकारी दिइन् ।

नमोबुद्ध स्तुपा परिसर काभ्रेमा बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ ।

shares