एकै दिनमा १६ पटक सूर्योदय र सूर्यास्त हेर्न सकिने होटेल

काठमाण्डौ, २५ चैत्र । अरोरा स्टेशन नामक अन्तरिक्ष होटेलका पाहुनाहरूले एक दिन अर्थात् २४ घण्टाको समयावधिमा १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त हेर्न पाउने छन् ।

अरोरा स्टेशन एक प्रस्तावित विश्वकै सबैभन्दा विलासीपूर्ण होटेल हो जुन अन्तरीक्षमा निर्माण गरिंदैछ । उक्त स्पेश होटेलले प्रत्येक ९० मिनेटमा पृथ्वीको कक्ष वरिपरि एक चक्कर लगाउनेछ । सोही कारणबाट यसले एक दिनमा १६ पटक घाम उदाएको र १६ पटक घाम डुबेको हेर्न पाइने भएको हो ।

उक्त अन्तरिक्ष होटेल सन् २०२१ बाट सञ्चालनमा ल्याइने जनाइएको छ । सो होटेलको १२ दिने बसाइको लागि ९ दशमलव ५ मिलियन डलर अर्थात् ६१.६ करोड भारु. खर्च लाग्ने छ । पाहुनाहरू पृथ्वीको कक्षमा खाद्यान्न उत्पादन जस्ता विषयसँग सम्बद्ध प्रयोगहरूमा पनि सहभागिता जनाउन सक्नेछन् ।