Breaking News

शरीरको कुन अंगमा साबुन प्रयोग गर्नुहुँदैन? जानौं

केही मानिसहरू नुहाउँदा शरीरको यस्तो भागमा साबुन प्रयोग गरेर गल्ती गरिरहेका हुन्छन् जसले गर्दा पछि ठूलो नोक्सान व्यहोर्नु पर्ने हुन सक्छ ।

यदि तपाइँ पनि नुहाउँदा जथाभावी रूपमा शरीरको जुनसुकै भागमा पनि साबुन लगाउनु हुन्छ भने शतर्क हुनुहोस् । शरीरका यी अंगहरूमा साबुन लगाउँदा नचिताएको हानी व्यहोर्नु पनि पर्ने हुनसक्छ । अाउनुहोस्, शरीरमा साबुन लगाउँदा अपनाउनु पर्ने सावधानीको बारेमा चर्चा गरौं ।

-डाक्टरहरू शरीरको गुप्तांगमा साबुन नलगाउन सल्लाह दिन्छन् । यसरी शरीरको गोप्य भागमा साबुन लगाउँदा छाला नरम हुनाको कारणले चिलाउने समस्या उत्पन्न हुनसक्छ ।

-केही मानिसहरू गुप्तांगमा एकचोटि मात्र नभर्इ धेरैपटक साबुन प्रयोग गर्ने गर्छन् जुन एउटा खतराको निशानी हो । जुन भागमा हामी साबुन धेरै लगाउँछौं, सो भागमा ज्यादा पसिना अाउँछ । फलस्वरूप सो भागको छाला सुख्खा हुन जान्छ र छाला फुस्रो हुने, फुट्ने अादि समस्या देखापर्छ ।

-यदि तपाइँको शरीरको कुनै अंगमा चिलाउने समस्या छ भने पनि उक्त भागमा साबुनको प्रयोग नगर्नु राम्रो हुन्छ । बरु चिकित्सकको सल्लाहमा अौषधीको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-त्यसैगरी, कतिपय व्यक्तिहरू नुहाएपछि तौलियाले रगेडेर पुछ्ने वा सफा गर्ने गर्दछन् । यसो गर्नाले छाला सफा हुनुको सट्टा छाला ज्यादा सुख्खा हुन गर्इ समस्या झन् बढ्न जान्छ । अझ कपाल झर्ने जस्ता समस्या पनि सोही कारणले बढ्न जान्छ ।

यो पनि पढ्नुहोस्-

सुतेको बेला र्‍याल निस्कन्छ? यसो गर्नुहोस्

छालाको जुनसुकै समस्या हटार्इ अनुहारमा चमक ल्याउने १५ उत्कृष्ट तरिकाहरू

विवाहपछि महिलाहरुकाे शरीर किन बदलिन्छ ? यस्ता छन ८ कारण

shares