Breaking News

४० स्थानको नतिजा सार्वजनिक, कांग्रेस एमालेलाई पछ्याउँदै 

काठमाण्डौ, २ जेठ । जति जति नतिजा सार्वजनिक भइरहेको त्यति नै कसले जित्ला भनेर जनतामा कौतुहलता बढिरहेको छ ।

४० स्थानको नतिजा सार्वजनिक हुँदासम्म एमाले अगाडि देखिएको छ । एमालेले १४ स्थानमा जित हासिल गर्दै ७५ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै कांग्रेसले पनि १३ स्थानमा जित्दै ८१ स्थानमा अग्रता कायम राखेको छ ।

तेस्रो स्थानमा रहेको माओवादीले भने ११ स्थानमा जित्दै ४२ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै अन्यले २ स्थानमा जित्दा २५ स्थानमा अग्रता कायम गरेका छन् ।

 

 

shares