Breaking News

ट्रम्प टावरमा अागलागी, एक जनाको मृत्यु

न्यूयोर्क, २५ चैत्र । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

सोही भवन निवासी ६७ वर्षीय पुरुष अस्पताल पुर्याइएपछि मृत्यु भएको जनाइएको छ । अपार्टमेन्ट र कार्यालयहरू रहेको ५०अाैं तलामा उनी रहेको जनाइएको छ । आगलागीमा अन्य छ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्प परिवारका सदस्य भने नरहेको जनाइएको छ । हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरूले बताएका छन् ।

आगलागीको कारण भने खुल्न सकेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अग्नि नियन्त्रक कर्मचारीको प्रयासको प्रशंसा गरेका छन् ।

 

shares