Breaking News

करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज, २५ चैत्र । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा शनिबार राति करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

२५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । रासस

shares