प्रधानमन्त्री अोली अाज साँझ स्वदेश फर्कँदै

काठमाण्डौ, २५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली अाइतबार साँझ स्वदेश फर्कन लागेको हो । प्रम ओली नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदैछन् । त्यहाँ ओलीलाई मानार्थ विद्यावारिधिबाट विभूषित गर्ने कार्यक्रम तय गरिएको छ ।

ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत प्रस्थान गरेका थिए । भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका ओली भ्रमण सकाएर अाइतबार साँझ स्वदेश फर्कन लागेका हुन् ।