July 21, 2017

फाइनल प्रवेशका लागि मुम्बई र पुने भिड्दै, पुनेलाई स्टोक्सको अभाव खड्किने

काठमाण्डौ,२ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) अन्तर्गत आज फाइनल प्रवेशका लागि मुम्बई इन्डियन्स र पुने सुपरजायन्ट्स भिड्दैछन् ।

मुम्बईको वाखडे स्टेडियममा हुने आजको खेलमा मुम्बईलाई निकै कडा प्रतिद्वन्दीका रुपमा लिइएको छ । पुनेका अलराउण्डर वेन स्टोक्सको अनुपस्थितिको मुम्बईले फाईदा उठाउन सक्ने आँकलन गरिएको छ ।

जारी प्रतियोगितामा स्टोक्सले १२ खेलबाट ३ सय १६ रन बनाउँदै १२ विकेट लिएका छन् । च्याम्पियन्स ट्रफीको मिति छोट्टिदै गर्दा उनी आफ्नै देश फर्किएका हुन् ।

यद्दपि यो सिजनमा मुम्बई र पुनेको भएको दुई भेटमा दुईवटामा नै पुनेले बाजी मारेको छ । अाजकाे खेल मुम्बईका लागि बदला लिने राम्राे अवसर हुनसक्छ । आजको खेल हारे पनि पुनः एक खेल्न पाइनेछ ।