Breaking News

स्थानिय निकायमा कर्मचारी अभाव हुन दिन्न : लालबाबु पण्डित

सन्तोष बस्याल/ पाल्पा २४ चैत्र । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताका काम प्रभावित हुने गरी कुनै पनी सेवा चुस्त बनाउन स्थानिय तहमा कर्मचारीको अभाव हुन नदिने बताएका छन ।

शनिबार पाल्पा जिल्लालाई ४८ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्दै मन्त्री पण्डितले जनताका समस्या, विकास निर्माण, पारदर्शिता, कर्मचारी व्यवस्थापन जस्ता बिषय आफनो जिम्मेवारी भएको बताउदै त्यस तर्फ आफु हरपल लाग्ने बताए ।

मन्त्री पण्डितले जनताको काम नगरी त्यसै समय बिताउने कर्मचारीको दिन समाप्त भएको उल्लेख गरे । स्थानिय तहमा स्वास्थ्य र सरसफाईको क्षेत्रमा विनियोजित बजेटबाट धेरै भन्दा धेरै ठाउँमा सार्वजनिक शौचालयको निर्माण गरि खुल्ला दिसामुक्त अभियानलाई सार्थकता प्रदान गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई  मन्त्री पण्डितले आग्रह गरे ।

shares