मोरङको गौशाला र डाइनियामा आगलागी

रंगेली २४ चैत्र । मोरङको सुनवर्षि नगरपालीका ९ डाईनिया बजार नजिकै आगलागी हुदा सात लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गएराती छेदी साहको दुई तल्ले घरमा आगलागी हुदा घरमा भएका लत्ताकपडा, खाधान्न तथा जिन्सी लगायतका सामानहरु जलेर नष्ट भएको हो ।  इलाका प्रहरी कार्यालय रंगेलीले विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने बताएकाे छ ।

आगोलाई रंगेली नगरपालीकाको दमकल तथा स्थानिय बासीहरुको सक्रियतामा निभाईएको थियो । त्यसैगरी आज विहान रंगेली गौचर गौशालमा आगलागी हुदा ५ लाख मुल्य बरावरको पराल जलेर नष्ट भएको छ । गौैशाला प्राङ्गणमा रहेकोे गोदाममा अचानक आगलागी भएको व्यवस्थापन समितीका कोषाध्यक्ष राजेश गोल्यानले बताए । तस्वीर : सांकेतिक ।