काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा एमालेको पकड बन्दै

काठमाण्डौ, २ जेठ । प्रदेश नम्बर ३ अन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा एमालेको राम्रो पकड देखिएको छ ।

ताजा मतगणना अनुसार नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमालेले झण्डै दोब्बर अग्रता कायम गरेको छ । प्रमुखमा एमालेले ४ हजार ८ सय ४८ मत प्राप्त गर्दा कांग्रेसले २ हजार ४ सय ८४ मतमात्र प्राप्त गरेको छ ।

त्यसैगरी उपप्रमुख पदमा पनि एमाले नै अघि देखिएको छ । एमालेले ४ हजार ६ सय ८३ मत प्राप्त गरेको छ । कांग्रेसले २ हजार ५ सय ७८ मत प्राप्त गरेको छ ।