Breaking News

सडक विस्तारको विरोधमा प्रदर्शन

काठमाण्डौ, २३ चैत्र । काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले उपत्यकामा भइरहेको सडक विस्तारको विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

सडक विस्तारको विरोधमा यसअघि नयाँ बानेश्वरमा भएको हस्क्षेपको विरुद्ध पनि समितिले प्रर्दशन गरेको हो । काठमाडौको असनबाट सुरु भएको विरोध र्यालीले विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

त्यस्तै विरोधमा सहभागीहरूले काठमाण्डौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीको अभिव्यक्तीको पनि विरोध गरेका छन् । तिवारीले काठमाडौमा कोही पनि आदिवासी नरहेको धारणा राखेको भन्दै उनीहरू आक्रोशित छन् ।

परम्परागत, सांस्कृतिक धरोहरलाई भत्काएर विकासका नाममा आफूहरूलाई लखेट्न खोजिएको भन्दै समितिले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

shares