प्रधानमन्त्री ओली र राहुल गान्धीबीच भेटवार्ता

काठमाण्डौ, २३ चैत्र । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीस्थित भारतीय कांग्रेसका अध्यक्ष तथा विपक्षी दलका नेता राहुल गान्धीले भेट गरेका छन् ।

राहुल गान्धीसँगै भारतीय कांग्रेसका वरिष्ठ नेता तथा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेट गरेका छन् ।

भेटका अवसरमा द्विपक्षीय सम्बन्ध तथा समसामयिक विषयमाथि छलफल भएको जनाइएको छ ।