Breaking News

सुतेको बेला र्‍याल निस्कन्छ? यसो गर्नुहोस्

मानिसहरू जागा रहँदाभन्दा निदाएको समय धेरै र्‍याल काढ्ने गर्छन् । निदाउँदा अक्सर मानिसले मुखबाट सास फेर्ने गर्छन् जसकारणले र्‍याल बग्न थाल्छ । विशेषगरी खाने वा पिउने चिजको एलर्जी अथवा कुनै ‌औषधीको कारण कहिलेकाहीं धेरै र्‍याल उत्पादन हुन्छ । यदि तपाइँ सुत्दा र्‍याल बग्ने समस्याबाट पीडित हुनुहुन्छ भने यी घरेलु ‍ओखती वा उपाय उपयोगी हुनजान्छ ।

  • जुन व्यक्तिको अधिक र्‍याल बग्ने समस्या छ, त्यस व्यक्तिले ढिला पच्ने खानाबाट टाढै बस्नु राम्रो हुन्छ र पेट सफा राख्नु पर्छ । यस्तोमा तपाइँ २ वा ३ वटा तुलसीको पत्ता चपाउनुहोस् र अलिकति पानी पिउनुहोस् । दिनमा ३/४ पटक यसो गर्नाले तपाइँको यस्तो समस्या हटेर जान्छ ।
  • यदि फिटकिरी पानीमा मिलाएर कुल्ला गर्ने हो भनेपनि र्‍याल बग्ने समस्याबाट मुक्त मिल्छ ।
  • दालचिनी हालेर पकाएको चिया पिउँदा पनि फाइदाजनक हुन्छ । पानीमा दालचिनी हालेर राम्रोसँग उमालेर त्यसलार्इ छानेपछि मह मिलाएर पिउन सक्नुहुन्छ । यसले र्‍याल बग्ने समस्याबाट छुटकारा मिल्छ ।
  • र्‍याल बग्ने समस्या छ भने अमलाको पाउडर उपयोगी साबित हुन्छ । खाना खाएपछि मनतातो पानीसँग अमलाको पाउडर सेवन गरेमा आराम मिल्छ । साथै यसले एसिडिटीको समस्या पनि निर्मूल पार्दछ ।
  • ५०० मिली पानीमा १२५ ग्राम बोरेक्स मिलाएर कुल्ला गर्नाले र्‍याल बग्नबाट रोक्छ र आराम मिल्छ ।

यो पनि पढ्नुहोस्-

च्यात्तिएको छालालार्इ निको पार्ने ५ घरेलु तरिका

 

shares