Breaking News

टीकापुर घटनाका अारोपित २६ जनालार्इ तत्काल रिहा गर्न माग

काठमाण्डौ, २३ चैत्र । टीकापुर घटना राजबन्दी पीडित परिवार संघले उक्त घटनामा संलग्न भएको आरोपमा थुनिएका नाबालक २ सहित २६ जनालाई तत्काल रिहाई गर्न माग गरेको छ ।

शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै टीकापुर घटना राजबन्दी पीडित परिवार संघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा त्यस्तै पीडित परिवार संघका संयोजक धनकुमार चौधरीले कैलाली घटनाको बारेमा तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

कैलाली घटनाको बारेमा सरकार बेखबर बनेको उनको टिप्पणी छ । कैलाली घटना राजनीतिक भएको भन्दै पीडित परिवार संघले कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीलाई प्रमाण–पत्र प्रदान गर्नुपर्ने, कैलाली घटनाका आरोपित तथा झूठा मुद्दा फिर्ता गरी क्षतिपूर्ति प्रधान गर्नुपर्ने पिडित परिवारले जनाएका छन् ।

संघले ८ भदौ २०७२ को दिन तोडफोड र जलाइएका सम्पतिको क्षतिपुर्ति प्रदान गर्नुपर्ने लगायतका मागहरू अघि सारेको छ । आफ्ना मागहरू पूरा नभए कडा आन्दोलन गर्नेे बताएको छ ।

shares