Breaking News

वित्तिय व्यवस्था बिग्रनुमा वामगठबन्धनको दोष: देउवा

काठमाण्डौ, २३ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादीका कारण नै मुलुकको वित्तिय व्यवस्था सन्तोषजनक अवस्थामा नभएको बताएका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौं राष्ट्रिय महाधिवशेनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै आफूले आठ महिनामात्र सरकार चलाएको भन्दै अर्थ व्यवस्था बिग्रनुमा आफ्नो दोष नरहेको बताए । श्वेत पत्रमा वर्तमान सरकारले कांग्रेसलाई झुटो आरोप लगाएको भन्दै देउवाले कम्युनिष्टले आफ्नो गल्ती लुकाउन खोजेको बताए ।

सभापति देउवाले मुलुकलार्इ सही दिशामा ल्याउन आफ्नो लडाईं जारी रहने स्पष्ट पारे । उनले सार्वजनिक सेवालगायतका क्षेत्रमा सरकारले हस्तक्षेप गर्न खोजे सदन र सदन बाहिरबाट संघर्ष गर्ने चेतावनी दिए । मुलुकमा प्रजातन्त्र स्थायी रूपमा स्थापित गराउन कांग्रेस जस्तौसुकै बलिदान दिन पनि तयार रहेको उनको भनाइ छ ।

shares