जुम्ला पातारासी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

काठमाण्डौ, २ जेठ । नेपाली कांग्रेसले जुम्लाको पातारासी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसका लक्षिमण बोहराले माओवादीका निकटतम प्रतिद्वन्दी गौरी बुढालाई ३ सय ८१ मतअन्तरले हराएका हुन् । बोहराले २ हजार ३ सय ११ र गौरी बुढाले १९३० मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकी पुन्नकली मोहताराले बाजी मारिन् । उनले २ हजार २५ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी निकटतम प्रतिद्वन्दी जनमाया रोकायाले १ हजार ८ सय ५५ मत प्राप्त गरिन् ।