Breaking News

व्यक्तिको पछि लाग्ने प्रवृत्तिका कारण पार्टी कमजोर: प्रकाशमान सिंह

काठमाण्डौ, २३ चैत्र । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा विद्यमान चुनौतिलाई चिरेर अघि बढ्न आवश्यक नीति तथा कार्यक्रम नभएको बताएका छन् ।

पार्टी निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको ८ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसकेकै कारण पार्टीसामू चुनौति थपिंदै गएको दाबी गरे ।

जनताको अपेक्षाभन्दा पनि व्यक्तिको पछि लाग्ने प्रवृत्ति भएको भन्दै उनले यसले पार्टी कमजोर भन्दै गएको स्पष्ट पारेको धारणा राखे । काँग्रेस नेता सिंहले जनताको समृद्धिको चाहनालाई पूरा गर्न वित्तीय क्षेत्र अनुशासित हुनुपर्ने धारणा पनि व्यक्त गरे ।

shares