Breaking News

१६० केजी चरेससहित एक जना पक्राउ

धादिङ, २३ चैत्र । प्रतिबन्धित लागुऔषध चरेस लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागुऔषध चरेससहित गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरेको हो । उनलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागुऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो । -रासस

shares