Breaking News

सिटी रिक्साबाट लडेर १ व्यक्तिको मृत्यु

सुनसरी, २३ चैत्र । सुनसरीको दुहवी नगरपालिका–३ मा सिटी रिक्साबाट लडेर बिहीबार १ जनाको ज्यान गएको छ ।

मुत्यु हुनेमा दुहबी नगरपालिका–२ का ५५ वर्षीय बुद्ध कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सिटी रिक्साबाट लडेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

shares