सचिव हेरफेर: गृहमा राई, अर्थमा खनाल

काठमाण्डौ, २३ चैत्र । सरकारले गृह मन्त्रालयको सचिवमा प्रेमकुमार राईलाई सरुवा गरेको छ । उनी यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए ।

बिहीबार बसेको मन्त्री परिषद्को बैठकले राईलार्इ गृह मन्त्रालयमा सरूवा गरेको हो  ।

त्यस्तै, अख्तियारमा कार्यरत राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यसअघि गृहमन्त्रालयमा कार्यरत मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा र अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।