Breaking News

प्रधानमन्त्री ओली दिल्लीमा, भारतीय गृहमन्त्रीद्वारा स्वागत

काठमाण्डौ, २३ चैत्र । तीन दिने भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । भाजपा पूर्वअध्यक्षसमेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइपुगेका थिए ।

प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

shares