Breaking News

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथले स्वागत गर्ने

काठमाण्डौ, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्ने भएका छन् ।

भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह विमानस्थलमा आइसकेका छन् । प्रधानमन्त्री ओलीको सवारीका लागि नेपाल र भारतको झण्डा अंकित सवारी तयारी अवस्थामा राखिएको छ ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । यात्रु र पत्रकारसहितलाई चेकजाँच गरेर भित्र प्रवेश गर्न दिइएको छ ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

shares