स्कुटरभित्र भेटिएको ४० लाखसहित २ जना पक्राउ

रुपन्देही, २२ चैत्र । रुपन्देहीमा स्कुटरमा लुकाएर ल्याइरहेको ४० लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलहिया बाईपासबाट दिपक कुमार मल्लिक र धनवन्त कुमार अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बुधबार बेलहियाबाट भैरहवा आउँदै गरेको लु २२ प ३८७१ नम्बरको स्कुटरमा ४० लाख ३८ हजार ७ सय ५० रुपैयाँ बरामद भएको हो ।

स्कुटर चालकलाई पैसाको स्रोतबारे सोधपुछ गर्दा उनले अग्रवालको नाम लिएपछि अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो । दुवै जनालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ । प्रहरीले बरामद गरेको उक्त पैसा अवैध कारोबारवापतको हुनसक्ने जनाएको छ ।