वर्तमान संविधान समावेशिताको उत्कृष्ट नमुना: मन्त्री बिष्ट

काठमाण्डौ, २२ चैत्र । श्रम रोजगार तथा सामाजिक रोगजार मन्त्री गोकर्ण बिष्टले अहिलेको संविधान समावेशिताको उत्कृष्ट नमुना भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा डाक्टर रमेश सुनामद्वारा लिखित समावेशिताको बहस पुस्तक विमोचन गर्दै उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संविधानले रक्षा गरेको र संविधानमा समावेशिताको विषय प्राथमिकतामा रहेको बताएका हुन् । उनले समतामुलक समाज निर्माणमा समावेशिताले योगदान गरेको र जातीय तथा वर्गीय भेदभाव न्यूनिकरण गर्नका लागि समावेशिताको योगदान रहेको उल्लेख गरे ।

उनले २०५५ देखि ठोस ढंगले समावेशिताको विषयले प्राथमिकता पाएको भन्दै अहिले समावेशिताका आधारमा उत्पीडनमा परेका जाति वर्ग क्षेत्रलाई सबलीकरण गर्न मद्धत पुगेको बताए । त्यस्तै उनले सिमान्तकृत आधारभूत तहलाई माथि उठाउने गरी समावेशितालाई जोड दिन नसके विभेद कायमै रहने उल्लेख गरे ।

कार्यक्रममा मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गर्दै पिछडिएका समुदायमा समावेशिताको बहस जरुरी रहको बताए ।