Breaking News

चीनसँगको ‘व्यापार युद्ध’मा ट्रम्पले हार स्वीकारे

वासिंगटन, २२ चैत्र । केही समययता अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिकाले हार स्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गरेर थप घाटा व्योहोर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

अमेरिकाले चीनले अमेरिकी लगानीलाई चीनमा प्रोत्साहन नदिएको भनेर आफ्नो देशमा बिक्री हुने १३ सय चिनियाँ वस्तुमा गत साता कर बढाएको थियो । प्रत्युत्तरमा चीनले पनि १०६ अमेरिकी वस्तु तथा सामानमा कर बढाउने घोषणा गर्यो ।

चिनियाँ घोषणापछि अमेरिकी शेयर बजारमा मंगलबार ४५० अंकले गिरावट आयो । शेयर मार्केटको अवस्था बुझेलगत्तै रास्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्– ‘५ सय अर्ब घाटामा गएको यो अवस्थामा अरु कुनै घाटा व्यहोर्ने पक्षमा हामी छैनौं।’

ट्रम्पले तत्कालिन नेतृत्वककर्ताको आलोचना गर्दै ट्वीटमा अगाडि भनेका छन्– हामीले धेरै वर्षअघि नै चीनसँग ब्यापार युद्धमा पराजय भोगिसकेका छौं, जतिबेला मुर्ख र असक्षमले अमेरिकालाई प्रतिनिधित्व गरेका थिए।’ – एजेन्सी

shares