Breaking News

बलात्कार तथा यौन हिंसाविरुद्ध प्रदर्शन

काठमाण्डौ, २२ चैत्र । बलात्कार तथा यौन हिंसालार्इ नियन्त्रणमा लिन बलात्कारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने भन्दै काठमाण्डौमा प्रदर्शन गरिएको छ ।

महिला अधिकारका लागि काम गर्ने वातावरण जिउने आधार नाम संस्थाको अगुवाईमा माईतिघरमा प्रर्दशन गर्दै अधिकारकर्मीले महिला हिंसाको न्यूनिकरण तथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने जनाएका हुन् ।

मुलुकभर महिला हिंसाका घटना निरन्तर रूपमा बढ्दै गएपनि राज्य तवरबाट कुनै कदम नचालिएको भन्दै प्रर्दशनमा सहभागीहरूले विरोधसमेत जनाएका छन् ।

मुलुकको राजधानीमा नै बलात्कारको घटनाको संख्या बढेको भन्दै अन्य स्थानमा यसको अवस्था अकल्पनीय रूपमा रहेको उनीहरूको भनाइ छ । बलात्कार तथा यौन हिंसामा पिडितलाई न्यायिक उपचार दिन सरकार चुकेको आरोप पनि उनीहरूले लगाएका छन् ।

shares