August 21, 2017

८० वर्षीय कांग्रेस नेता वडाध्यक्षमा निर्वाचित

काठमाण्डौ, २ जेठ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचनमा उठेका उनी यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा बढि उमेरका उम्मेदवार बनेका छन् । खड्काले निर्वाचन क्षेत्र नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

खड्काले माओवादी केन्द्र र एमालेका निकटतम उम्मेदवारमाथि विजय हासिल गरेका हुन् ।