Breaking News

प्रधानमन्त्रीद्वारा नेता ढकालको स्मृति ग्रन्थ विमोचन

काठमाण्डौ, २२ चैत्र । प्रधानमन्त्री केपी ओलीले नेकपा (एमाले) का स्वर्गीय नेता रामनाथ ढकालको स्मृति ग्रन्थ विमोचन गरेका छन् ।

ढकालको तेश्रो वार्षिकीका अवसरमा एमाले रुपन्देही काठमाण्डौ सम्पर्क मञ्चले एमाले मुख्यालय धुम्वाराहीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्मृति ग्रन्थ विमोचन गरेका हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीलगायतका नेताहरूले स्वर्गीय ढकालको तस्वीरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले ढकालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेको स्मरण गरे । उनले ढकाललाई विद्यार्थी नेताका रूपदेखि नै चिन्ने मौका पाएको भन्दै त्याग र जनसेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने निष्ठावान् नेता भएको बताए ।

एमाले पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता ढकालको दुई वर्षअघि २०७१ साल चैत २२ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

shares