Breaking News

शिक्षा ऐनको दशौं संशोधन छिट्टै हुने

काठमाण्डौ, २२ चैत्र । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनको दशौं संशोधन छिट्टै हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा प्रमुख तीन विद्यार्थी संगठनकोे ज्ञापन पत्र बुझ्दै मन्त्री पोखरेलले विद्यार्थी र शिक्षक दुवैका भावनालाई समेटेर शिक्षा ऐन संसोधन हुने जानकारी दिए । उनले विगतमा दलहरूको निर्णयका कारण शिक्षकको अवस्था पनि सुधार्न दशौं संशोधन हुने बताए ।

दशौं संशोधनमा शिक्षकको खुल्ला प्रतिष्पर्धा मात्र नभई आन्तरिक प्रतिष्पर्धालाई समेटिने उनको भनाइ छ । शिक्षा क्षेत्रको गुणात्मक सुधार एवम् नीतिगत सुधारका लागि पनि आफ्नो पहल भइरहेको उनले बताए । उनले सबैको आग्रहमा शिक्षकको परीक्षा स्थगन गरिएको भन्दै उनले अब शिक्षकको गुणात्मक परीक्षा हुने बताए ।

ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले शिक्षा ऐनको नवौं संशोधन तत्काल खारेज गर्दै दशौं संशोधनको प्रक्रिया अघि बढाउन माग गरेको छ । त्यस्तै शिक्षाका नामका निजी विद्यालयले चर्को मूल्य असुलिरहेको भन्दै यसको अनुगमन गरी कारबाही पक्रिया अघि बढाउन पनि विद्यार्थीहरूले माग गरेका छन् ।

shares