Breaking News

सलमान खान ५ वर्षको लागि जेल जाने

काठमाण्डौ, २२ चैत्र । भारतको जोधपुरस्थित एक अदालतले बलिउड अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको शिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको जेल सँजाय सुनाएको छ । उनी जोधपुरस्थित सेन्ट्रल जेल जाने भएका छन् ।

खानले सन् १९९८ को सेप्टेम्बर २६ मा दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए । उक्त अभियोग लागेका अन्य तीन अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले सफाया दिएको छ ।

सैफ अली, सोनाली एवं तब्बूलगायतका कलाकार पनि उक्त शिकारको समय गाडीमा सँगै भएका कारण उनीहरूमाथि सलमानलार्इ जनावर मार्न उक्साएको अारोप लागेको थियो । तर अदालतले उनीहरूलार्इ भने निर्दोष साबित गरेको छ ।

२० वर्षपछि कालो हरिण शिकार मुद्दामा सलमान दोषी ठहर

shares