२० वर्षपछि कालो हरिण शिकार मुद्दामा सलमान दोषी ठहर

काठमाण्डौ, २२ चैत्र । भारतको एउटा अदालतले बलिउड अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको शिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

खानले सन् १९९८ को सेप्टेम्बरमा दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए । उक्त अभियोग लागेका अन्य तीन अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ ।

सैफ अली, सोनाली एवं तब्बूलगायतका कलाकार पनि उक्त शिकारको समय गाडीमा सँगै भएका कारण उनीहरूमाथि सलमानलार्इ जनावर मार्न उक्साएको अारोप लागेको थियो । गाउँलेहरूले देखेपछि मृत हरिण छोडेर उनीहरू गाडी लिएर भागेका थिए ।

खानलार्इ १ देखि ६ वर्ष सम्मको जेल सँजाय घोषणा हुनसक्ने जनाइएको छ । उनी जेल जान्छन् वा तत्कालै जमानतमा रिहा हुन्छन् भन्ने उनका फ्यानहरूमा चासोको विषय रहेको छ । तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन भने गर्न सक्नेछन् ।