कुन पार्टीले कति ठाउँमा जित्यो, कसकाे कति ठाउँमा अग्रता

काठमाण्डौ, २ जेठ । स्थानीय तह निर्वाचनको मतगणना सुरु भएसँगै बिस्तारै नतिजाहरु पनि आउन थालिसकेका छन् ।

अहिलेसम्मको तथ्यांक हेर्दा नेपाल कम्युनिष्ट एमाले प्रथम स्थानमा देखिएकाे छ । उसले १० स्थानमा जित हासिल गर्दै ८० स्थानमा अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दाेस्राे स्थानमा उभिएकाे छ ।  उसले ९ स्थानमा जित्दै ८१ स्थानमा अग्रता कायम राखेकाे छ ।

तेस्रो स्थानमा भने माओवादी केन्द्र रहेको छ । माओवादीले ८ स्थानमा जित्दा ४० स्थानमा अग्रता कायम राखेको छ । त्यसैगरी २ स्थानमा स्वतन्त्र उम्मेद्वारले जित्दा २५ स्थानमा अग्रता कायम गरेकाे छ ।