जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

कञ्चनपुर, २२ चैत्र । कञ्चनपुरको भीमदत्त नगरपालिका १० गड्डाचौकी निवासी किसन नाथलाई प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीले २१ वर्षीय नाथलार्इ जिमुवाका दुई नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

दुबै नाबालिकालाई नाथले ललाईफकाई जबर्जस्ती करणी गरेको सेटीले बताए । नाथमाथि जबर्जस्ती करणी कसुरमा म्याद थप लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।