Breaking News

नेपालको संस्कृति विश्वकै उत्कृष्ट: सत्यमोहन जोशी

काठमाण्डौ, २१ चैत्र । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली कला संस्कृतिका विभिन्न विशिष्टता रहेको र त्यसलाई अन्तर्राष्ट्रिय तहमा पुर्याउन सकेमा यसले नेपाल र नेपालीको गौरव बढाउने बताएका छन् ।

बुधबार काठमाण्डौमा कुमार कार्कीद्धारा लिखित जीवन संघर्ष पुस्तकको लोकार्पण गर्दै जोशीले यस्तो बताएका हुन् । जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताएका छन् ।

जोशीले कला, संस्कृति नै मुलुकको गहना भएको भन्दै यसको यथोचित सम्मान गर्नुपर्ने उल्लेख गरे । नेपालको संस्कृति विश्वकै उत्कृष्ट रहेको भन्दै यसको विश्वसामु उजागर गर्न सक्ने नेपालीको सम्मान पनि अझ उच्च हुने जिकिर गरे ।

कार्यक्रममा पुस्तकका लेखक कुमार कार्कीले रु ५ लाख रूपैयाँ धुमुर्स सुन्तली फाउण्डेशनलाई प्रदान गरेका थिए ।

shares