August 17, 2017

व्यवसायी शारडाको घरमा बम फेला, जिम्मा गोइत समूहले लियो

दिनेश शर्मा/राजविराज, ०३ बैशाख । सप्तरी सदरमुकाम राजविराज १ स्थित रमेश शारडाको घरमा आईतवार बम फेला परेको छ ।दिउँसैदेखि बमको हल्ला चलेपनि साँझ करिव ७ वजे बम फेला परेको हो ।

प्रहरीले शारडाको घरमै रहेको रोसन इम्पोरियम नामको कपडा पसलमा सकेट वम भएको पुष्टि गरेको छ । पसलमा कार्यरत कर्मचारीका अनुसार विहान करिव ११ वजे नै सो बम फेला परेको आशंका छ । बमको जानकारी नपाएका कर्मचारीले कुनै सामान भएको अनुमानले भूँईवाट बमलाई र्याकमा सारेका थिए ।

सैक्रममा दिउँसो करिव २ वजेपछि जयकृष्ण गोईत नेतृत्वको भुमिगत समुहले ईमेल मार्फत बम राखिएको जानकारी गराएपछि वम खोज्ने क्रममा सकेट बम र्याकमा फेला पारिएको प्रहरीले जनाएको छ । उक्त बम सुरक्षाकर्मीले नियन्त्रणमा राखेको थियो ।