धर्म सम्बद्ध विदा कटौती गर्ने सरकारी निर्णय निन्दनीय : विश्व हिन्दु महासंघ

काठमाण्डौ २१ चैत्र । सार्वजनिक विदा कटौती गर्ने सरकारको निर्णयप्रति विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले निन्दा गरेकाे छ ।

महासंघ अध्यक्ष भरतकेशर सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै धर्मसँग सम्बन्ध राख्ने चाडपर्वमा दिइँदै आएको विदा कटौती गर्नु दूर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशको मौलिक धर्म, संस्कृति, गौरबमय परम्परा, रितिरिवाजलाई विदेशीको प्रभावमा परी हाम्रा चाडपर्वहरु घटस्थापना, कोजाग्रत पूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी र राष्ट्रिय एकता दिवसजस्ता अति महत्वपूर्ण दिनहरुको विदा कटौति  गर्ने तर अन्य धर्मालम्वीहरुलाई विदा दिने सरकारको निर्णय आपत्ति जनक छ ।

महासंघले तत्काल उक्त निर्णय सच्याउन नेपाल सरकारलाई आग्रह पनि गरेकाे छ । महासंघको टोलीले हालै प्रधानमन्त्री केपी शर्मा होलीलाई पनि भेटेर विदा कटौति फिर्ता लिन आग्रह गरेको थियो ।