Breaking News

विधान र नियमावली निर्माणमा जुट्दै राजपा

काठमाण्डौ, २१ चैत्र । प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएको लामो समयपछि राष्ट्रिय जनता पार्टी नेपाल संसदीय दलको विधान र नियमावली निर्माणमा जुटेको छ ।

प्रदेश र केन्द्रिय संसदका लागि पार्टीको संसदीय दलको विधान र नियमावलीको स्वरुपलाई टुङ्गो लगाउन बुधबार राजपा अध्यक्ष मण्डलको बैठक बसेको हो । त्यस्तै पार्टीभित्रको राजनीतिक समितिको बैठक बोलाउने विषयमा पनि बैठक केन्द्रित रहेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए ।

पार्टीले राजनीतिक समितिको मिति तोक्ने र बैठकमा पार्टीभित्रको राजनीतिक एजेण्डामाथि छलफल हुने उनको भनाइ छ । त्यस्तै प्रदेश र केन्द्रमा संसंदीय अधिवेशन बोलाउने तयारी भएकाले त्यसमा अध्यक्ष मण्डलबाट राखिने नीति तथा कार्यक्रम र अधिवेशनमा सांसदहरूको भूमिकाका विषयमा पनि पार्टीले गृहकार्य गरेको उनको भनाइ छ ।

रापजाले बिहीबार संसदीय दलको बैठक आह्वान गरिएको जनाएको छ ।

shares