एमाले नेता जागृतप्रसाद भेटवालको निधन

काठमाण्डौ, २१ चैत्र । एमालेका केन्द्रीय लेखा आयोगका सदस्य जागृतप्रसाद भेटवालको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए । उनी २०६३ सालदेखि क्यान्सरसँग लड्दै आएका थिए । प्रोस्टेट क्यान्सर शरीरभर फैलिएपछि पछिल्लो समय उनी गम्भीर बिरामी परेका थिए ।

काभ्रे जन्मथलो भर्इ वि.सं.२०२० सालमा चितवन बसाइँ सरेका भेटवाल ०४२ सालमा प्रगतिशील पक्षबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए भने  २०४८ र २०५१ सालमा चितवन निर्वाचन क्षेत्र नः १ बाट सांसद चुनिएका थिए ।

नेता भेटवाल वाम आन्दोलनका अभियान्ता पनि हुन् । तत्कालीन सरकारले उनलाई फाँसीको सजाय सुनाएको थियो, तर बहुदल आएपछि सो मुद्धा सरकारले फिर्ता गरेको थियो । चितवनको भण्डारा स्थायी घर भएका भेटवालका श्रीमती, दुई छोरी र एक छोरा छन् ।