भक्तपुरको सूर्यबिनायक नपा वडा नम्बर १ मा एमालेका सानुकाजी विजयी

भक्तपुर, २ जेठ । भक्तपुर जिल्लाको सूर्यबिनायक नगरपालिकाको वडा नं. १ मा एमालेका उम्मेदवार सानुकाजी कायस्थ विजयी भएका छन । कायस्थ १ हजार ८ सय १५ मत ल्याई विजयी भएका हुन । उक्त वडाका सदस्यहरुमा सबै एमालेका उम्मेद्वार विजय भएका छन । कायस्थका निकटतम प्रतिद्वन्दी काँग्रेसका मनोज कुमार कार्कीले ९ सय ७७ मत ल्याएका थिए । भने राप्रपाका भुपेन्द्रराज राउतले ८ सय ९५ मत ल्याएका थिए । महिला सदस्यमा एमालेकी अम्बिका न्यौपाने, दलित सदस्य कल्पना नेपाली र सदस्यद्वयमा प्रदिप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भएका छन् ।