एउटै स्कुलका विद्यार्थी माइक्रोसफ्ट, एडोब र मास्टरकार्डमा सीर्इअो

काठमाण्डौ, २१ चैत्र । एउटै स्कुलका विद्यार्थी माइक्रोसफ्ट, एडोब र मास्टरकार्ड जस्ता विश्व चर्चित कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृत (सीर्इअो) बन्न सफल भएका छन् ।

भारतको हैदराबाद पब्लिक स्कुलका विद्यार्थीहरू यी ठूला कम्पनीका सीर्इअो हुनुका साथै अन्य उच्च पदमा पुग्न सफल भएका हुन् ।माइक्रोसफ्ट सीर्इअो सत्य नाडेलाले हैदराबादको बेगमपिटस्थित हैदराबाद पब्लिक स्कुलमा अध्ययन गरेका थिए । सोही स्कुलमा एडोब सीर्इअो शान्तनु नारायण र मास्टरकार्डका सीर्इअो अजयपाल सिंह बाङ्गाले पनि अध्ययन गरेका थिए ।

त्यसैगरी भूतपूर्व संघीय नागरिक उड्डेयन मन्त्री अशोक गजपति राजु एवम् अान्ध्र प्रदेशका भूपू मुख्य मन्त्री किरण कुमार रेड्डी पनि सोही विद्यालयका भूतपूर्व विद्यार्थी हुन् । उक्त हार्इ स्कुल सन् १९२३ मा उच्च घरानियाँका छोराहरूको पठनपाठनको लागि स्थापना गरिएको थियो ।