धुमधामका साथ मनाइयो साँखुमा बज्रयोगिनी जात्रा

काठमाण्डौ, २० चैत्र । काठमाण्डौको साँखुमा बज्रयोगिनी जात्रा धुमधामका साथ मनाइएको छ ।

ऐतिहासिक एवम् सांस्कृतिक रूपले महत्व बोकेको यस जात्रामा बज्रयोगिनी मन्दिरदेखि साँखुका विभिन्न भागहरूमा बाजागाजासहित जात्रा गर्ने चलन रहिआएको छ ।

त्यस्तै यस जात्राको प्रमुख आकर्षण भनेको नै चैत्यलाई खटमा बोकेर नगरपरिक्रमा गराउनु रहेको छ । त्यस्तै यस जात्राका क्रममा साँखुमा सिंघिनी र ब्याघ्रीनी देबीलाई पनि खटमा राखि नगरपरिक्रमा गराइन्छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म साँखुमा लाग्ने तीन हजार तीनसय वर्ष पुरानो बज्रयोगिनी माईको जात्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जात्रा रहको संस्कृतिविद्हरूको भनाइ छ ।